प्रतिकात्मक तस्बिर
काठमाडौं । राजधानीकाे कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप १ जनाको ज्यान गएकाे छ ।
गएकाे माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।
तामाङ उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय हुन् । तामाङकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए । दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार हुँदैछ ।


