काठमाडाैं । आज काठमाडाैं उपत्यका सहित देशका अधिकांस स्थानकाे मौसम सफा रहेको छ ।
तराईको केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागे पनि दिउँसो हटेर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा भने आंशिक बदलीको अवस्था रहेको छ ।
महाशाखाका अनुसार यस क्षेत्रको उच्च पहाडी तथा हिमाली क्षेत्रकाे केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।




















