एजेन्सी । ईजरायलकाे धम्की लगत्तै प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविराम सम्झौता अनुसार बन्धक रिहा गर्ने भएको छ । हमासले सम्झौता कार्यान्वयनतर्फ आफू प्रतिबद्ध रही समयमै बन्धकहरू रिहा गर्ने बताएको हो ।
इजरायलले भोलि शनिवारसम्ममा हमासले बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी दिएपछि सम्झौताअनुसार बन्धक रिहा गर्न हमास तयार भएकाे बीबीसीले जनाएको छ ।
यसअघि इजरायलले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्दी रिहाइ नगर्ने चेतावनी दिएको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले बन्धक रिहा नगरे गाजामा युद्धविराम भङ्ग हुने र फेरी युद्ध सुरु गरेर हमासकाे अन्तय नहुदासम्म जारी राख्ने चेतावनी दिभएका थिए ।
त्यसलगत्तै हमास निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको हो ।


