काठमाडाैं । काठमाडाैंकाे शङ्खरापुर नगरपालिका–५ कात्तिकेको साँखु–नगरकोट सडक खण्डमा हिजो बेलुकी भएकाे स्कुल बस दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । अरु ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउने ३ जना नै विद्यार्थीहरु भएको पुष्टी भएको छ । ज्यान गुमाउनेहरुमा मोरङ जिल्ला उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक नै घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका छन् ।
क्रिशलको त्रिवि शिक्षण अस्पतल–महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा उपचार गर्दै गर्दा ज्यान गएकाे प्रहरीले जनाएको छ ।
चाबहिलको एसएस एकेडेमीले रिजर्भ गरेको बन भाेजका लागी लगेकाे बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस दुर्घटनामा परेकाे हाे ।
प्रहरीका अनुसार उक्त बसकाे ब्रेक फेल भइ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडाैंले जनाएको छ । वनभोज खाएर नगरकोटबाट साँखुतर्फ छुटेको बस साँझ ५ बजेतिर दुर्घटना भएको परेकाे थियाे ।




















