साँकेतिक तस्बिर
रुकुम पूर्व । रुकुम पूर्वमा हिजाे हजुर आमा र नातीकाे हत्या गरेकाे भनीएका आराेपी मृत फेला परेकाे छ । भूमे गाउँपालिका–४ मा २ जनाको हत्याका आरोपी मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे हाे ।
साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति ८ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएका थिए ।
आरोपित पुनलाई खोज्दै जाँदा खुलखुले खोलामा मृत भेटिएका हुन् । खुलखुले खोला घटनास्थल साकिमबाट झण्डै आधा घन्टा टाढा पर्छ । पुनको टाउकोमा गहिरो चोट देखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


