प्रतिकात्मक तस्बिर
राेल्पा । रोल्पामा आज भएकाे अटो दुर्घटनामा परी १ जनाले ज्यान गुमाएकाे छ । ज्यान गुमाउनेमा रुन्टिगढी गाउँपालिका–२ धारापानी वर्ष ६५ का इन्द्र घर्ती भएकाे राेल्पा प्रहरीले पुष्टी गरेकाे हो ।
रुन्टिगढी गाउँपालिका–२ गोरिनेटा भन्ने स्थानमा रा १ ह ५४९१ अटो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक बिदुरचन्द्र अधिकारीले बताए ।
उनका अनुसार दिउसाे करिब ३ बजेको अटो दुर्घटनामा परेको हो । उक्त अटो रोल्पाको होलेरीबाट धारापानी जाँदै गर्दा दुर्घटनामा परेको थियाे ।
साेही दुर्घटनामा परेर अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा सुनिलस्मृति गाउँपालिका– २ ६२ वर्षका मान बहादुर परियार र चालक रुन्टिगढी गाउँपालिका–१ का ३८ वर्षीय मनराज नेपाली रहेका छन् ।


