काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटनामा परी २ जनाको ज्यान गएकाे छ । उनीहरुकाे उपचारको क्रममा ज्यान गएकाे प्रहरीले जनाएको हाे ।
जुनकिरी स्कुलको बा १ क ५६६४ नम्बरको बस आइतबार ३:३० बजे दुर्घटनामा परेकाे थियाे ।
ज्यान गुमाउनेमा बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
बस सडकबाट १०० मिटर तल खसेकाे छ । बसमा सवार ४१ जना घाइते भएका छन् ।
घाइतेहरू मघ्य वयोदा अस्पतामा ५, नगर अस्पताल दक्षिणकालीमा ३, कीर्तिपुर अस्पतालमा ५, शहीद अस्पतालमा ३, ट्रमा सेन्टरमा १२, मेडिसिटी अस्पतालमा ७, मनमोहन अस्पतालमा ५ र नर्भिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।


