प्रतीकात्मक तस्बिर
राेल्पा । रोल्पामा हिजाे राती भएकाे जीप दुर्घटनामा परी १ महिलाको ज्यान गएको छ भने अन्य २ जना घाईते भएका छन् ।
राेल्पा प्रहरीले दिएकाे जानकारी अनुसार जिल्लाकाे गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको ज्यान गएको हाे । सीता पेशाले शिक्षिका भएको खुल्न आएकाे छ ।
शनिबार बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । साेही दुर्घटनामा परी उनमा २ छोराहरु ३ वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएका छन् ।
घाइते बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।
घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


