काठमाडाैं । आजदेखि सोमवारसम्म हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसँगै केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अन्य प्रदेशको मौसम सामान्यतया सफा रहने अनुमान छ । साेमबार र मंगलबार भने बाग्मती प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव सैगै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।


