काठमाडाैं । ९ महिनादेखि युक्रेनको जेलमा रहेका २ जना नेपालीको उद्धार गरी नेपाल ल्याइएकाे छ । अध्यागमन कानून उल्लङ्घनका कारण २०२४ को ‘मे’ महिनादेखि युक्रेनको जेलमा रहेका उनीहरुलाई हिजो बिहीबार नेपाल ल्याइएको हो ।
विभिन्न निकायको सहयोग लिएर युक्रेनबाट उद्धार गरी उनीहरूलाई नेपाल फर्काइएको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
नेपाल फर्कनका लागि जहाजको टिकटको व्यवस्था गैरआवासीय नेपाली सङ्घको मुख्यालयले गरेको थियो ।
दूतावासले बारम्बार सचेत गराउँदा पनि मानव तस्करहरूको प्रलोभनमा परेर अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन गैरहेको भन्दै विषम परिस्थितिमा रहेको कारण युक्रेनमा कुनै पनि प्रयोजनाको लागि वा कुनै प्रकारको प्रलोभनमा परेर नजान पुनः सचेत गराएको छ ।
उद्धार गरीएका २ जनाकाे नाम भने खुलाइएकाे छैन ।



