काठमाडाैं । आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ भने तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ ।
कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही उच्च हिमाली क्षेत्रकाे केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मधेस,बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।


