काठमाडाैं । चितवनकाे साहारा सहकारी मुद्दामा अदालतमा रविविरुद्ध संगठित अपराधको मुद्दा नचलाउने न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथी अनुसन्धान सुरु गरीएकाे छ । रातारात सरुवा गरेको सरकारले उनीमाथि छानबिन गर्न लागेकाे हाे ।
महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।
यो समितिलाई साहारा सहकारीको बचत रकम अपचलन अभियोजनबारे छानबिन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइएकाे छ ।
समितिका १ जना सदस्यले साताभित्रै सरकारी वकिलमाथि छानबिन सकिने बताए । उनका अनुसार केही दिन भित्रै जाँचबुझ प्रतिवेदन आउने छ । लुइँटेलको आचरणगत वा अभियोजनसम्बन्धी दायित्वको बारेमा छानबिन समितिले जाँच्ने काम गर्ने छ । अभियोजनमा त्रुटि नदेखिए कुनै कारबाही नहुने र देखिए सचेत गराउनेदेखि गम्भीर त्रुटि भेटिए अन्य कारबाहीको व्यवस्था ऐनमा ब्यवस्था गरीएकाे छ ।
सबैतिरका सरकारी वकिलले संगठित अपराधको कसुरमा मुद्दा चलाएकोमा चितवनका जिल्ला न्यायाधिवक्ताले उस्तै प्रकृतिको घटनामा उक्त मुद्दा नलगाउँदा प्रश्न उठेकाले लुइँटेलमाथि छानबिन चलिरहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।


