एजेन्सी । स्वीडेनको केन्द्रीय शहर ओरेब्रोमा रहेको रिसबर्गस्का विद्यालय परिसरमा भएको गोली चल्दा १० जनाको ज्यान गएको छ ।
प्रहरीले गोली चलाउने संदिग्ध आक्रमणकारीको समेत ज्यान गएको उद्धृत गर्दै बीबीसीले समाचार लेखेकाे छ ।
घटनामा १ जना मात्र आक्रमणकारी संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तर ती व्यक्तिले गोली चलाउनुको कारण भने खुलेको छैन ।
घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । घाइतेहरूलाई अस्पताल लगिएको छ, जसमध्ये ४ जनाको शल्यक्रिया भइसकेको छ ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले यो आक्रमणलाई स्वीडेनको इतिहास मै सबैभन्दा खराब गोलाबारी भएको बताएका छन् ।


