काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज ३ वटा प्रदेशमा बादल लागेको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हिजो हल्का वर्षा भएको तर अबका ३ दिन आज, भोलि र पर्सि आंशिक रुपमा बादल लाग्ने महाशाखाले जनाएकाे छ । बादल लागेको क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना पनि नरहेकाे महाशाखाले भनेकाे छ ।
महाशाखाका अनुसार तराई/मधेसका केही ठाउँमा हुस्सु लागेकाे छ । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।
कर्णाली, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।




















