काठमाडाैं । आज पश्चिम नेपालकाे पहाडी र उच्च हिमाली क्षेत्रमा मौसममा परिवर्तन भएको छ ।
पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अहिले बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बिज्ञप्ती जारी गर्दै जनाएको छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रकाे केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना समेत रहेकाे छ ।
अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको भए पनि दिउँसो हट्ने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहेको छ ।


