म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनलाई सहकारीको रकम अपचलन आरोपमा प्रहरीले आज पक्राउ गरेको हो ।
प्रमुख थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले पुष्टी गरेका हुन् ।
थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप लागेकाे छ ।
थापा नेकपा (एमाले) का नेता हुन् ।



