ओखलढुंगा । ओखलढुंगामा गएराती भएकाे सुमो दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । खोटाङबाट काठमाडौँ जाँदै गरेको ना. १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिका–७ भडारेखोलामा बुधबार राति दुर्घटना भएको हो ।
आगोले घाइते भएकी केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा दुर्घटना हुदा उनीसहित उनका छोरा २८ वर्षीय पूजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी ४५ वर्षीया तारा गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
सुमो चालक सुनसरी इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित फरार छन् । उनकाे खाेजी भइरहेकाे प्रहरी जानकारी दिएकाे छ ।


