पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आज मंगलबार लिग चरणका ४ खेल हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइराखेको प्रतियोगिताको चौथो दिन आज महिला र पुरुषतर्फ २-२ खेल हुने तालिका छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा पहिलो खेल बिहान ८:४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिष्पर्धा गर्नेछन् ।
दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर्स क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल १०:४५ बजे सुरु हुने छ ।
आज हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच १२:४५ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो २:४५ बजेबाट सुरु हुनेछ ।




















