प्रतिकात्मक तस्बिर
अछाम । अछामकाे एक जगलमा शुक्रबारदेखि हराइरहेका २ जना किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का ईश्वरी खड्का र सरस्वती खड्काकाे मृत्त शरिर शनिबार बेलुकी फेला परेकाे हाे ।
दुवै जना किशाेरी वडा नम्बर १ को जंगल क्षेत्रमा शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । उनीहरु शुक्रबार रातीसम्म पनि नफर्कीएपछी खाेजी गर्दा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक एवं सूचना अधिकारी टेकबहादुर देउवाले जानकारी दिए ।
शुक्रबार रातीसम्म घर नफर्किएपछि आफन्त र गाउँलेहरुले उनीहरुकाे खोजी गरेका थिए । खोजीको क्रममा शनिबार बेलुकी ६ः४० बजे उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको सूचना अधिकारी देउवाले बताए ।
थप अनुसन्धानका लागि डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोली घटनास्थल पुगेको पनि प्रहरीले जनाएकाे छ ।


