प्रतिकात्मक तस्बिर
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा गएराति भएको आगलागीमा परी १ जना महिलाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार उद्योगका कामदार काठमाडाैंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेका तोयानाथ दङ्गालकी श्रीमती ७० वर्षीया टीकादेवी दङ्गालको जलेर ज्यान गएको हो ।
रातकाे समयमा श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा घाइते भएकी तोयानाथको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
आगोले फर्निचरसहित २ घर जलेका छन् । बिजुली सर्ट भएर उद्योगमा आगलागी भएकाे हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।
आगोले नजिकै रहेका कृष्ण विकको कच्ची घर तथा ध्रुवबहादुर विकको जस्तापाताको टहरोलाइ क्षती पुर्याएकाे छ ।
५ वटा दमकल, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीकाे सहयतामा आगो नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
आगलागीबाट फर्निचर उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


