डुम्रे । तनहुँको डुम्रे बजारस्थित एक निजी अस्पतालमा आगलागी भएको छ ।
बन्दिपुर गाउँपालिका-१ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरमा रहेकाे लक्ष्मी अस्पतालकाे पाँचौँ तलामा आगलागी भएको नेपाल पत्रकार महासंघ तनहुँका अघ्यक्ष डिपी अधिकारीले जानकारी दिए ।
आगलागीबाट घरकाे माथिल्लाे तलामा क्षती पुगेकाे पनि उनले बताए । घटना लगत्तै पुगेकाे शसस्त्र र नेपाल प्रहरीकाे टाेलीले आगाे नियन्त्रणमा लिएकाे थियाे ।
प्रहरीले कसरी आगलागी भएकाे भन्ने बारेमाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । क्षतीकाे पूर्ण विवरण भने आउन बाँकी रहेकाे अघ्यक्ष अधिकारीले बताए ।




















