काठमाडाैं । देशकाे तराई भागमा रहेकाे अधिकांश स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा आज मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
भोलि बिहीवार भने पश्चिमी क्षेत्रबाट मौसम बदली भई धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


