एजेन्सी । आज बिहानै ताइवानमा ठुलो भूकम्पको धक्का महशुस गरीएको छ । अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)का अनुसार उक्त भूकम्प ६.४ रेक्टर स्केलको भएको जनाएको छ ।
भुकम्प नेपाली समय अनुसार आज बिहान १ः४५ बजे गएको हो । भूकम्पमा परी अहिलेसम्म १५ जना घाईते भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।
भूकम्पको केन्द्र बिन्दु ताइवानको युजिंङ शहरको १२ किलो मिटर उत्तरमा रहेको पनि यूएसजिएसले जनाएको छ । ताइवानी अग्नी नियन्त्रण विभागका अनुसार घाईतेहरु सबैलाई अहिले अस्पताल भर्ना गरीएको छ । घाइते हुनेमा १ जना बच्चा समेत रहेको बिभागले जनाएको छ ।
भूकम्पले मानविय क्षती नभएता पनि एउटा पुलमा क्षती पुगेको समाचार संस्थाहरुले जनाएको छ ।




















