जनकपुर । जनकपुरधाममा २ वटा सरकारी गाडी ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन् ।
गएराति साढे ९ बजेतिर रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किदा उनी घाइते भएका हुन् ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । उनकाे अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
घटनाबारे छानबिन गर्न धनुषाका डीएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
अर्को गाडी खानेपानी डिभिजन कार्यालय पर्साको रहेको र चालक घाइते रहेकाे धनुषाका प्रहरीले जानकारी दिएकाे छ ।
तस्बिर : सामाजिक सञ्जाल




















