काठमाडाैं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि आक्रमण भएको छ ।
हिजो दिउँसो शिवसताक्षीको दोमुखा पर्यटकीयस्थलमा भएको नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधाराको निवास फर्कंदै गर्दा उनीमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गा खण्डमा आक्रमण भएको हो ।
थापामाथि आक्रमण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी भएको प्रहरीले पुष्टी गरेकाे छ ।
आफू चढेको गाडीलाई अवरोध गरी अचानक आक्रमण गरिएको थापाले बताए । आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ ।
तस्बिर : सामाजिक सञ्जाल


