एजेन्सी । दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा ७ जनाको ज्यान गएको छ । साेही प्रतियाेगितामा साँढेले हानेर ४०० जनाभन्दा धेरै घाइते भएका छन् ।
दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार र शुक्रबार गरी ७ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले खबरमा उल्लेख छ ।
शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्नेक्रममा मालिककै ज्यान गएको पनि सिन्ह्वाले जनाएकाे छ । प्रहरीले धेरैजसो मृत्यु र घाइते साँढे जुधाउने मैदान बाहिरै भएको बताएका छन् ।
भारतको तमिनाडुमा साँढे जुधाउने चलन निकै लोकप्रीय मानिन्छ ।




















