काठमाडाैं । नेपाल आयल निगमले आजदेखी लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ भाउ बढेको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई ३ वर्गमा विभाजन गरिएको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६२ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५३ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६४ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडाैं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५६ रूपैयाँ पर्नेछ ।
निगमले ग्यासकाे भाउ भने यथावत नै राखेकाे छ ।




















