काठमाडाैं । आज पश्चिमी वायुको प्रभावले देशभर मौसममा आंशिक बदली हुने अनुमान गरिएको छ । देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली रहेकाे पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा आज बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।
पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख गरेकाे छ । आज तराईका केही ठाउँमा अहिले हुस्सु/कुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ । अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने अनुमान छ ।


