काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
युवा संघकै एक जना नेतासँग लेनदेनमा उनले दिएकाे २० लाख ५० हजार रुपैयाँ बराबरको चेक अनादर भएपछी उनी बिरुद्ध मुद्धा दर्ता भएकाे हाे ।
प्रहरीका अनुसार दुवै पक्ष राखेर छलफल गराइराखिएकोले जुनसुकै चरणमा पनि मिलापत्र हुने पनि परिषरले जनाएकाे छ ।




















