काठमाडाैं । काठमाडाैंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछी पुन: हिरासतमा गएका छन् ।
जिल्ला अदालत काठमाडाैंमा आज भएकाे थुनछेक बहस पुरा नभएकाे भन्दै अदालते लामिछानेलाइृ हिरासत पठाएकाे हाे । भोलि सार्वजनिक बिदा परेकाेले अब बुधबार मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका छन् । सरकारी वकिलले लामिछानेलाई थुनामुक्त गर्दा प्रमाण नष्ट हुने भएकाले थुनामै राख्ने आदेशको माग गरेका छन् भने लामिछानेका वकिलले जिल्ला अदालत पोखराले जस्तै लामिछानेलाई थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिन माग गरेका छन् ।
थुनछेक बहसको आदेश नआउञ्जेल लामिछाने हिरासतमै रहनेछन् । गोर्खा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।


