काठमाडाैं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । उनकाे गएराति ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हाे ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण साता दिनदेखि उपचाररत थिए ।
पर्यटन व्यवसायमा समेत आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत हुन । केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफीसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।


