काठमाडाैं । आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाे छ ।
त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले तराईका थोरै भू–भागमा हुस्सु लागेको भए पनि दिउँसो हट्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार काठमाडाैं उपत्यका लगायत देशका धेरै ठाउँमा आज र भोलि मौसम सफा रहनेछ ।
बेलुकादेखि फेरि पश्चिमबाट वर्षा तथा हिमपात गराउँने प्रणाली भित्रिने छ ।




















