फाईल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा लगिएको हो ।
उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने भएको छ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई अदालतले प्रहरीको जिम्मा लगाइएको हो ।
गएकाे बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत उपस्थित भएका हुन् ।
परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीशसँग आग्रह गरिएको भएता पनि उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा लगाइदिएकाे हाे ।
भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।


