काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउदा ढिला हुने भएका कारण आइतबार मात्र अदालत उपस्थित हुने भएका हुन् ।
कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेकाे छन् । उनी संग नेता र कार्यकर्ताको ठूलो समूह भएपछि स्थलमार्गबाटै पोखराबाट काठमाडौं आउदा ढिला हुने भएकाे हाे ।
रविलाई काठमाडाैं जिल्ला अदालतमा आफैं उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो । उनी अब आइतबार बिहानै ८ः३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने छन् ।
लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएपछि स्थलमार्गबाटै पोखराबाट काठमाडौं आएका हुन् ।


