प्रतिकात्मक तस्बिर
काठमाडाैं । अमेरिकामा २ जना नेपालीको ज्यान गएको छ । हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा ठेगाना नखुलेका २ जना नेपाली युवाहरुकाे ज्यान गएकाे हाे ।
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको ज्यान गएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ ।
खड्का सोही होटलमा कार्यरत थिए । २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए ।
फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा गाडी डुबेको सूचना प्राप्त भएको थियो ।
हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकास्मात् चिप्लेर पोखरीमा खसेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै डेलीभोइसले खबरमा उल्लेख गरेकेा छ ।
सूचनापछि घटनास्थल पुगेको प्रहरीले पोखरीबाट कार निकालेको थियो । कार १० फिट गहिरो पोखरीमा पूर्ण रूपमा डुबेको थियो । कारभित्र दुवै जना मृत भेटिएका थिए ।
प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
तस्बिरः एनबिसी वासिंटन डटकमबाट




















