काठमाडाैं । नेपालमा सनिबार रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको छ । मौसम पूर्वानुमान महाशाखा अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण सनिबार राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आइतवार मधेश प्रदेशबाहेक देशका धेरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतवार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमवारदेखि मौसममा सुधार हुने महाशाखाले बुलेटीन जारी गर्दै भनेकाे छ ।
पानी पार्ने प्रणाली भित्रिएपछि तराईमा केही दिनदेखि लाग्दै आएको बाक्लो हुस्सु र कुहिरोको प्रभाव पनि कम हुने अनुमान गरीएकाे छ ।


