पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धराैटीमा रिहा गरेकाे छ । उनी प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।
अदालतले ताेकेकाे ६५ लाख धरौटी बापत बैंक ग्यारेन्टी बुझाएपछी लामिछानेलाई बिहीबार राती नै हिरासत मुक्त गरीएको कास्की प्रहरीले जनाएकाे छ । लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले हिजै बेलुकी रविसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका थिए ।
उहाँले बोल्ने समय आएपछि नबोल भने पनि बोल्ने प्रतिक्रिया दिदै लडाइँ अझैँ बाँकी रहेको र न्यायालयप्रति आफू विशेष आभारी रहेको प्रतिक्रिया दिए ।
लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।
तस्बिर : सामाजिक सञ्जाल


