सोलुखुम्बु । सोलुखुम्बुकाे थुम्लिङमा गए राति भएको आगलागीमा परी १ जनाको ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ मा भएकाे उक्त आगलागीमा परी ज्यान गुमाउनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई भएको साेलुखुम्बु प्रहरीले पुष्टी गरेकाे हाे ।
स्थानिय बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।
बुधबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।
घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको थियाे ।
आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रजिअ घिमिरेले बताए ।


