काठमाडाैं । नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो माघ १ गतेदेखि धनगढीमा गराउने भएको छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ७ प्रदेश र २ विभागीय टोली गरी ९ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ ।
त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली सहभागी गराउँदैछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।
समूह ‘बी’ मा गएको वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बाग्मती प्रदेश र मधेश प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने साेही दिन कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ ।
समूहका शीर्ष २ टोली सुपर फोरमा पुग्नेछन् भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष २ टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने २ टोली फाइनल पुग्नेछ ।
तस्बिर : क्यान



