काठमाडाैं । एका बिहानै देशैभर भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५२ मिनेटमा धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्का महसुस हुनेबित्तिकै कतिपय नागरिक घरबाहिर निस्केका छन् । काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प कति म्याग्निच्युडको हो, कहाँ केन्द्र रहेको छ भन्ने बारेमा अध्ययनको काम भइरहेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
साेही समयमा छिमेकी देश चीनकाे तिब्बती क्षेत्रमा ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे । त्यसैकाे धक्का नेपालमा पनि महशुस गरीएकाे अनुमान गरीएकाे छ ।




















