प्रतिकात्मक तस्वीर
पर्वत । पर्वतमा आज खाना पकाउने ग्यास लिक हुदा आगलागी भएर १ जना बृद्धाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा कुश्मा नगरपालिका–१० पीपलटारी तल्लो रोहोटेका ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर ज्यान गएको हो ।
स्थानिय ध्रुव रेग्मीको घरमा आज बिहान ग्यास फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी बृद्धाकाे ज्यान गएकाे पर्वत प्रहरीले जानकारी दिएकाे छ । उनी रेग्मीकाे घरमा चिया पिउन र दूध लिन गएका थिए ।
आगलागीबाट घरधनी रेग्मी समेत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । कुश्माबाट गएको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणामा लिएको थियो ।


