काठमाडाैं । तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सामान्य रुपमा सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईका विभिन्न ठाउँमा आज पनि बिहानको समयमा हुस्सु लागेको छ । तर दिउँसोपख हुस्सु हट्ने महाशाखाले जनाएको छ ।
यसैबीच भोलिदेखि मौसम बदली हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलि र पर्सि उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पानी पर्ने सम्भावना भने कम रहेको, तर कतैकतै छिटपुट वर्षा हुन सक्ने महाशाखाले जनाएकाे छ ।


