काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको ज्यान गएको छ । उनको उपचारका क्रममा शुक्रबार राति ज्यान गएको हो ।
पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हो । हृदयघातको लक्षण देखिए पनि ज्यान जानुकाे खास कारण थाहा भइसकेको छैन ।
पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । त्यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायत मिडियामा काम गरिसकेका थिए ।


