प्रतीकात्मक तस्बिर
मुगु । मुगुमा आज बिहान भूकम्पकाे धक्का महशुस गरिएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हाे ।
केन्द्रका अनुसार हिजो दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्पन भएको थियो ।
यही पुस १६ गते पनि बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।


