प्रतीकात्मक तस्बिर
बझाङ । बझाङमा गएराती भएकाे जीप दुर्घटनामा परी एकै परिवारका ३ जनासहित ४ जनाको ज्यान गएको छ ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हाे ।
प्रहरीका अनुसार ३ जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमा ज्यान गएको हो ।
ज्यान गुमाउनेहरुमा जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उहाँका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा र ६ वर्षीया आकृतिको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।




















