एजेन्सी । भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ ।
गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो ।
आगलागीमा परेर ४ जना कामदारको ज्यान जानुका साथै १ जना घाइते भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । थप विवरण भने आउन बाँकी नै रहेकाे भारतीय सञ्चार माघ्यमहरुले जनाएकाे छ ।


