धनकुटा । नाबालिका बलात्कार आरोपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–२ बस्ने २५ वर्षीय मेखबहादुर लिम्बु भएको धनकुटा प्रहरीले पुष्टी गरेको हो ।
आरोपित लिम्बुले १४ वर्षीया बालिकालाई ललाई फकाई चौबिसे गाउँपालिका–६ राजारानीस्थित एक होटलमा लगेर पुस ८ गते बलात्कार गरेको आरोप लगोको प्रहरीले जानकारी दिएको छ ।
पिडितको उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















