काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाएको हो ।
हवाई इन्धनको मूल्य भने घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनकाे प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।
अब पेट्रोलको मूल्य काठमाडाैं र पोखरामा प्रतिलिटर १६३ रुपैयाँ, सुर्खेत र दाङमा १५२ रुपैयाँ र बाँकी क्षेत्रमा १६० रुपैयाँ ५० पैसा कायम भएको छ ।
त्यस्तै डिजेलको मूल्य काठमाडाैं तथा पोखरामा प्रतिलिटर १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५० रुपैयाँ ५० पैसा कायम भएको छ ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडाैंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ अमेरिकी डलर कायम गरिएको छ ।
खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएकाे छ ।


