गाेरखा । पर्साको वीरगञ्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट लागूऔषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।
सशस्त्र प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने ३६ वर्षीय मिश्री रामलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब निरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार भारतबाट पैदल आउँदै गरेका उनले ल्याएको हरियो खुर्साको बोराभित्र लुकाएको डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फिन ४९९ एम्पुल, नोफिन २९७ एम्पुल र प्रोमाथाजिन हाइड्रोक्लोराई इन्जेक्सन ४९७ एम्पुल बरामद भएको हाे ।
नियन्त्रणमा लिएका उनलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि पर्सा प्रहरीमा बुझाइएको सह-प्रवक्ता थापाले बताए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


