बैतडी । बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७:५४ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु न्वाघर क्षेत्र रहेको हाे ।
भूकम्पको धक्का महसुस गरिएको तर क्षति भए नभकोबारे विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएकाे छ । प्रशासनले स्थानीयवासीलाई सतर्क रहन भनेको छ ।
पुस लागेपछि पश्चिम नेपालमा अहिलेसम्म ८ वटा भूकम्पकाे धक्का महशुस गरीएकाे छ । पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प जाँदा १०० भन्दा धेरै घर तथा २ वटा विद्यालयमा क्षति पुगेको थियाे ।
जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक–पटक भूकम्प गइरहेका छन् । भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।




















